दफा
कोष र लेखापरीक्षण
७.१ परिषद्को कोषः
७.१.१ परिषद्को कोषमा देहायका रकमहरु रहनेछन्ः–
७.१.१.१ नेपाल सरकारबाट प्राप्त रकम,
७.१.१.२चिकित्सकहरुको नाम दर्ता दस्तुर बापत प्राप्त रकम, र
७.१.१.३ अन्य स्रोतबाट प्राप्त रकम ।
७.१.२ परिषद्को कोषको संचालन तोकिए बमोजिम हुनेछ ।
 
७.२ लेखा र लेखापरीक्षण :
७.२.१ कोषको आय–व्ययको लेखा तोकिए बमोजिम राखिनेछ ।
७.२.२ कोषको लेखापरीक्षण तोकिए बमोजिम हुनेछ ।
७.२.३ नेपाल सरकारले चाहेमा कोक्षको हिसाब किताब सम्बन्धी कागजात जुनसुकै बखत जाँच्न वा जचाउन सक्नेछ ।